उनलाई भात पकाउन आउँदैन रे !
feather icon प्रकाशन मिती: २०७२ माघ १३ गते

मिती:  १० चैत्र २०६०
अमेरिका 
 

बिरानो ठाउँ, एक्लोपन, पढाई, अनि सेमेस्टेर  फीसको चर्करो, यी सबैसंग म सकि-नसकी  जुधिरहेको थिए।  घरबाट टाढा हुनुको पीडा र अमेरिकामा बिधार्थी जीवनको यो एउटा पाटो मेरा लागि नयाँ थियो। खाँचो थियो एउटा साथीको , एउटा पात्रको जसलाई म आफ्नो कुरा सुनाउन सकूँ, ब्यक्त गर्न सकूँ। बेलाबखत समय मिल्दा म उनलाई फोन गर्थे।  अनि एक-अर्काको वार्तालापले मलमको काम गर्थ्यो।  टाढा भएपनि एक प्रकारको समिप्यता बनिरहेको थियो। पछि पछि लगभग दिनैपिच्छे उनीसित  कुरा हुन्थ्यो।कहिलेकाही उनको व्यस्तताले फोन मिस भएमा टाढिएको अनुभूती मलाई हुन्थ्यो । एकले अर्कालाई अर्ति, आड भरोसा दिने त कहिले एक अर्काको कुरालाई उडाइदिने। कुराको क्रम: यसरी नै चलिरहेको थियो।

तर आज म उनको एउटा कुरा सुनेर बेस्सरी हाँसेँ , " उनलाई भात पकाउन आउँदैन रे "।  साँची त्यस्तो कुरा गर्ने मान्छे, त्येतिका कुरा बुझेकी  मान्छे , गाउँघरको परिवेशमा हुर्केकी मान्छे, रोपाई र बर्षाको कुरा गर्ने मान्छे -म एकछीन चकित परे उनको कुरा सुनेर। अनि आश्चर्य मान्दै सोधे, "के तिमीलाई साँच्ची भात पकाउन आउँदैन?" मैले यसरी  प्रश्न गर्दा उनी पनि रनभुल्लमा परिन् अनि अतालिदै भनिन, " खै के  भन्ने मलाई  कूकरमा पानी अडकल्न आएन "।  कूकर भन्ने बितिकै मलाई झन् जिज्ञाशु बन्न मन लाग्यो र सोधे , " अरुमा आउँछ तेसो भए ?"  उनले हाँसेर जवाफ दिइन् , " आउनु पर्ने हो।" अनि उनलाई भने  "एउटा राइस कूकर किन सजिलो हुन्छ  भात पकाउन।"  नेपाली मनलाई भात जहाँ गए नि प्यारो लाग्छ। भातको कुरा सानै भए नि बिषय चाँही ठुलो छ नेपाल र नेपालीको सन्दर्भमा।

खयर यो त  केही भएन घरकी कान्छी छोरी , काम पनि त्यति लगाएनन् होला। मैले सजिलै अनुमान गरे।  नेपाली समाज र नेपाली परिवेश घरभित्र छोरीहरुलाई  धेरै जिम्बेबार र उत्तरदायी हुन सिकाउँछ । २१औं शताब्दीका मानिसहरु र कथित फेमिनिस्टहरू यसलाई असमानताको दृष्‍टिले हेर्छन् होला। मैले पनि यहाँ कुनै लैंगिक पक्षपात (Gender Bias) गर्न खोजेको होइन तर पनि हामी र हाम्रो समाज समय अनुसार  चल्न कहाँ सकेको छ र? आज पनि कति छोरी चेलीहरुको दिनचर्या मेलपात र घासँपातमा नै बित्छ। यिनै असमानता र सामाजिक संरचना परिवर्तनकालागि देशमा कमरेडहरु लडीरहेका छन्। दसकौं देखीजारी यस लडाईंको एक दिन मुल्याङ्कन त अबश्य होला। तर पनि पूर्ण परिवर्तनको लागि खाँचो छ शिक्षा अनि रोजगारीको।

उनलाई भात पकाउन आउँदैन रे! हुनत यो कुरा सानै हो तर पनि मेरो मस्तिस्कमा एउटा ठुलै  छाल ल्यायो किनकी म उनीसित जैले पनि ठुलै कुरा गर्थे। जब उनले भनिन् " मैले भात पकाएको काहानी नै भयो," मैले सोचें परिबेशले सिकाएन त के भो, समय र परिस्थितीले सिकाउछ । छोरी भएर घरको काम काजमा दक्ष हुनै पर्छ, यो मेरो मान्यता होइन। मैले छोरा भएर पनि के नै गर्न सकेको छु र तर पनि आफ्नो परिबेश, समाज, त्यहाँको मुल्य र मान्यताले मेरो मानसपटलमा पनि केही जरो गाडेको रहेछ जुन मलाई पनि  थाहा थिएन । शायद  त्यसैले गान्धीले भनेका छन्," परिवर्तन चाहन्छौ भने आँफै बाट सुरु गर"।

एवम्  अश्तु!!

BOOKSView All

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

अन्तर्मनको यात्रा

अन्तर्मनको यात्रा

लेखक : Jagdish Ghimire

मिती : 2012

hanger image top border

BOOKSView All

मुना मदन

मुना मदन

रचनकार : Laxmi Prasad Devkota

प्रकाशन: Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

रचनकार : Santosh Lamichhane

प्रकाशन: September, 2015