एउटा ‘अवसरवादी’को सुझाव- यस्ता उमेद्वारलाई भोट हाल्नुस्
feather icon प्रकाशन मिती: २०७४ बैशाख १६ गते

१९ वर्ष हुँदा पढाई र अवसरको खोजीमा अमेरिका आएको म अहिले ३४ वर्ष पुगेँ । अझै अमेरिकामै छु । योबीच मैले स्नातक, स्नाकोत्तर सकेर झन्डै एक दशक जति यहीँ काम गरिरहेको छु । आफ्नो देशको माया मलाई नलागेर होइन म विदेशिएको । आफ्नो गाउँ, ठाउँ, परिवार इष्टमित्र छोडेर विदेशिनु पर्ने कारण आफ्नो देशमा पढेअनुसार अवसर, केही गर्नको लागि नियम कानूनसहितको स्थाई सरकार अनि वातावरण नभएकोले हो ।

आदर्शवादी भएर सोच्दा- हो, मैले नेपालमै बसेर आफैं संघर्ष गर्दै केही गर्ने वातावरण बनाउन सक्थेँ होला, सफल पनि हुन्थेँ होला । विदेशमा मैले जति मिहेनत गरेर मैले आफ्नो औकात बनाएको छु त्यति नै मिहेनत नेपालमा गरेको भए पनि केही न केही अवश्य हुन्थ्यो । तर पढाईमा राम्रो गरेको र विदेश जाने अवसरलाई उपयोग गरेकोले अनि विदेशमा पनि पाएका अवसरहरूको उपयोग गर्दै गएकोले आफुलाई अहिले जुन अवस्थामा पाउँछु आफू सुरक्षित र सफल महसुस गर्छु ।

मेरो जस्तै कथा भएका धेरै साथीहरू विदेशमा सफल हुनहुन्छ । हामी कतिले चाहे नेपाल अझै पनि फर्कन सक्छौं तर, निकै कम साथीहरू फर्कनुहुन्छ । हामीले स्विकार्नु पर्छ, हामी देशभक्त भन्दा बढी अवसरवादी हौँ । नेपालबाट विदेश कहिले जान पाइएला भनेर अनेक कोशिश गर्ने हरेक युवा, त्यसलाई प्रोत्साहन गर्ने व्यक्तिहरू सबै अवसरलाई प्रमुख मान्छन् । हामीले स्वीकार्नु पर्छ, देशमा वा विदेशमा जति सुकै देशको माया र देशभक्तिको डम्फु बजाएपनि, एकपल्ट सोचौं, के हामीमध्ये प्रायः सबै अवसरवादी होइनौं ? हो ।

पुर्ख्यौली सम्पति, भनसुन, नातावाद, कृपावाद आदिबाट भएपनि नेपालमै राम्रा अवसर पाएर नेपाल बस्नेहरू थोरै भए पनि देश भक्त हुन् । तर, असली देशभक्त ति हुन् जसले नेपालमै बसेर नेपालमै केही गरौँ, वातावरण बनाऔं भनेर लागि परे । विदेशबाट फर्कौं भनेर फर्के । तर म अवसरवादी भएपनि, विदेश पलायन भएपनि, मेरो देशप्रतिको सद्भाव विशुद्ध छ जस्तो मलाई लाग्छ । तेस्तै अरु सबै अवसरवादीहरूको पनि ।

टाउके नेताहरू हेर्नुस् त ‘९ महिना तँ खा ९ महिना म खान्छु’ भनेर सत्ताको भागबन्डा गर्छन् । मिलेर ५ वर्ष एउटा बलियो सरकार बनाउँ हामी, राम्रा कामको भरपुर सहयोग गरौंला, हामी सबैको लक्ष्य देशको विकास गर्ने हो भनेर भन्न सक्ने हुत्ति कुनै पुराना ठूला पार्टी वा नेतामा नदेखिएकै हो । बरु बरियतामा तलमाथि भो भनेर भद्दा राजनीति देखाउनेकै जमात देखिन्छ ।

मैले यी सबको चर्चा गर्नुको कारण, प्रायः मानिसलाई डोर्‍याउने कुरा अवसर रहेछ । अवसरलाई जति धेरै प्रयोग गर्न सक्यो, त्यति प्रगति गर्न सकिन्छ जस्तो लाग्छ । त्यो भनेर अर्कोलाई हानी नोक्सानी गर्ने खालको अवसर भन्न खोजेको होइन । आफ्नो योग्यताले, समय, परिस्थितिले दिएको अवसरको कुरा गरेको । यस्तै सुनौलो अवसर अहिले नेपालको स्थानीय तहको निर्वाचन पनि हो । यो सुनौलो अवसर हो- देशमै केही गर्छु भनेर लागेका युवा तथा व्यक्तिहरूलाई जिताउने । सु-संस्कृत राजनीति गर्छु भनेर आउने देशभक्तहरूलाई प्रोत्साहन गर्ने ।

धेरै साथीहरू, बिशेष त युवाहरूमा विकृत राजनीति देखेर के भोट हाल्ने भएर निराशा होलान् । त्यतिधेरै वर्ष राजनीतिमा होमिएर, जनता छोराछोरीको भविष्यमाथि खेलबाड गर्ने टाउके नेताहरू हेर्नुस् त ‘९ महिना तँ खा ९ महिना म खान्छु’ भनेर सत्ताको भागबन्डा गर्छन् । मिलेर ५ वर्ष एउटा बलियो सरकार बनाउँ हामी, राम्रा कामको भरपुर सहयोग गरौंला, हामी सबैको लक्ष्य देशको विकास गर्ने हो भनेर भन्न सक्ने हुत्ति कुनै पुराना ठूला पार्टी वा नेतामा नदेखिएकै हो । बरु बरियतामा तलमाथि भो भनेर भद्दा राजनीति देखाउनेकै जमात देखिन्छ ।

हो, निराशा जाहेज छ । तर अवसर अवसर नै हो । त्यसलाई गुमाउनु हुँदैन । राजनीति मुलधार हो जसले अरु सब कुरालाई छुन्छ । त्यसैले अब हुने चुनावहरूमा हाम्रो लागि अवसर सिर्जना गर्न, सबको साझा विकास गर्न अघि सरेका सु-संस्कृत राजनीतिका पक्षधरहरूलाई विवेकशील भएर मतदान गर्नु होला । यो अवसरवादी तर जन्मेको देशको शुभचिन्तकको सुझाव यही छ ।

(Also published by sajhapost.com on बैशाख १५ गते, २०७४)

BOOKSView All

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

अन्तर्मनको यात्रा

अन्तर्मनको यात्रा

लेखक : Jagdish Ghimire

मिती : 2012

hanger image top border

BOOKSView All

मुना मदन

मुना मदन

रचनकार : Laxmi Prasad Devkota

प्रकाशन: Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

रचनकार : Santosh Lamichhane

प्रकाशन: September, 2015