बिबेकशील र साझा पार्टीको एकताले ल्याउने तरङ्ग र नेपाली राजनीतिका केही कुसंस्कृति सम्बन्धि
feather icon प्रकाशन मिती: २०७४ साउन १६ गते

भर्खरै भएको स्थानीय तहको चुनाबमा साझा र बिबेकशील पार्टीका छुट्टा छुट्टै उमेदवार हुँदा धेरै जनता निरास थिए | फोहोरी र असक्षमहरूको राजनितीक भीडमा केहि सक्षम र सफा नियतका पार्टीको उदय भएको तर उनीहरू विभाजित भएर चुनाब लड्दा शक्ति विभाजित हुने भएकाले दुई पार्टी मिलेर चुनाब लडेको भए हुने भन्ने धेरैलाई लागेको थियो | तर त्यो हुन सकेन | त्यसका कारण धेरै होलान् | त्यसको कारण खोज्ने भन्दा पनि अब धेरै जनताको चाहना बुझेर दुई पार्टीले गरेको एकीकरणलाई एकपल्ट नियाल्नु उपयुक्त हुन्छ |
 
पहिलो कुरा त, बिबेकशील र साझा पार्टीले साँच्चैनै जनताका कुरा सुन्ने रहेछन् भन्ने बुझिन्छ | त्यस बाहेक, राजनीतिमा शक्ति प्राप्त गर्दै प्रभावकारी काम गर्न दृढ हो भने यस्ता निर्णय गरेर अगाडि बढ्न बिल्कुल जरुरी छ | यस्तो निर्णयले बैकल्पिक शक्तिले नयाँ नेपाल हाक्नु पर्छ भनेर विश्वास गर्ने म र म जस्तै कयौंलाइ उत्साहित बनाएको छ |
 
अब कुरा गरौँ नेपाली राजनीति र समाजका केहि कुसंस्कृतिका | मैले बिबेकशील र साझा पार्टीको तारिफ गरिरहदा केही पाठकहरूले मलाई तिनै पार्टीहरूको 'चम्चा' रहेछ भन्नुहुने छ | तर मेरो राजनीतिक झुकाब पार्टी वा व्यक्ति बिशेषमा भन्दा पनि तिनको नीति र काममा रहेको धेरैले चाहिं बुझ्नु पनि हुनेछ | अब बिबेकशील र साझालाई सक्षम र सफा तर अन्यलाई फोहोर र असक्षम किन भनेको भएर प्रश्न आउन सक्छ | यसो भनिरहँदा, मैले अन्य सबै पार्टीका सबै व्यक्तिलाई र नीतिलाई सम्पूर्ण रुपमा आक्षेप लगाउन खोजेको चाहिं होइन | तर बिबेकशील र साझको अहिले सम्मको काम गराई, पारदर्शिता र नेपाललाई के चाहिएको छ भनेर गरेको निर्क्योल साँच्चै नै राम्रो छ | काठमाडौँबाट रन्जु दर्शना र किशोर थापाले त्यसै कारण धेरै मत ल्याउनुभएको हो |
 
यी दुई पार्टीको सोच, हामी आफै जिम्मेवार भएर अब राजिनिती सफा गर्नु पर्छ | हाम्रै कालमा उधम्शील, बिबेकशील, बिकसित र हितकारी नेपाल राज्य बनाउनु पर्छ | त्यसको लागि पद्दति, पारदर्शिता, इमादारी र उत्कृस्टताको बाटो जानु पर्छ भन्ने कुरा सहि छ | त्यो मात्र नभई दुई पार्टीको अहिलेसम्मको काम गराई पनि भनेबमोजिम नै देखिन्छ | 
 
एउटा कुरा सम्झन लायक के छ भने, बिगत २ दशक देखि नेपाली नेपाली राजनीतिलाई नजिक बाट नियाल्दै गरेको मैंले, "सम्वृद्धि हाम्रै कालमा" भन्ने भनाइ चाहिं पहिलो पल्ट उज्वल थापाको बिब्केशील नेपाली दलका दस्तावेजहरूमा देखेको हुँ | पछि यस्तै आशयका कुरा बाबुराम भट्टराई ज्यूको नयाँ शक्ति र रबिन्द्र मिश्र ज्यूको साझा पार्टीमा पनि देखियो | पछिल्लो स्थानीय चुनाबमा आएर त सबै दलको दस्ताबेजमा अर्तिक विकास, सम्वृद्धिका कुरा छ्यापछ्याप्ती पाइए | जे होस्, शान्ति सम्झौता पछिको समयमा,  हाम्रै कालमा, हाम्रै पसिनाले, हामीले नगरे कसले? अहिले नगरे कहिले? नेपाल हाम्रो घर हो डेरा होइन, बिबेकशील युवा अघि सर्छ, देश अघि बढ्छ जस्ता साँचैनै बिबेकशील, दूरदर्शी र जिम्मेवार कुराको थालनी र बैकल्पिक शक्तिको अग्रगामी नेतृत्व गर्ने पहिलो व्यक्ति उज्वल थापा हुन् भन्ने मलाई लाग्छ |
 
बैकल्पिक शक्तिकै कुरा गर्दा, बाबुराम भट्टराई ज्यूको 'नयाँ शक्ति'को पनि चर्चा जरूरी छ | कुसंस्कृत राजनीतिक प्रतिक्रिया दिनेहरूले अहिले बाबुराम भट्टराई ज्यूलाई गाली गर्ने "भारूराम" "इन्डियाको दलाल" आदि इत्यादी भनेको म सुन्छु | यस्तो गाली गलोज सबैले सबैलाई कुनै न कुनै बेला गरेको पाइन्छ | महाकाली जस्तो असमान सन्धि गर्दा, के पी ओली ज्यूलाइ "र" को एजेन्ट पनि भनिएकै हो | तर अहिले उहाँ है सबैभन्दा राष्ट्रवादी हुनुभएको छ | हामी सबैले याद गर्नु पर्ने कुरा के हो भने यस्ता खालका व्यक्तिगत आक्षेप, चरित्र हत्या र आफनै नेताहरूको नियत प्रति चरम अनादर र तर्कहीन शंकाले राम्रो गर्दैन | मलाई लाग्छ हाम्रो धेरै जस्तो नेता, जो हामीलेनै बनाएका हौ, उहाहरू नेपालकै सन्तान हुन् , उनीहरूको नियत राम्रै छ , कमि छ त केवल क्षमताको | त्यसैले अब क्षमतावान व्यक्तिहरू राजनीतिमा आउनु पर्यो, साझा र बिबेकशील जस्ता पार्टीले त्यसको अगुवाई गरिरहेका छन् |
 
अब फर्कौ बाबुराम भट्टराई ज्यूको 'नयाँ शक्ति' तर्फ | बाबुराम भट्टराई ज्यूको राजनीतिक इतिहास हेर्ने हो भने, उहाँले देशको व्यवस्था परिवर्तन गर्दा सम्म, हिंसाको बाटो लिने एउटा पार्टीमा राजनीति गर्नु भयो, त्यो सहि थियो कि गलत त्यसको चर्चा म अहिले गर्न चाहन्न | तर 'नयाँ शक्ति' मार्फत उहाले अब देशमा अवस्था परिवर्तन गर्ने बेला हो, सम्बृद्ध नेपाल हाम्रै कालमा बनाउने, अबको निकाश आर्थिक विकासको नीति लिनु भएको छ | त्यो आफैमा ठीक छ, तर उहाको नयाँ पार्टी स्थापनादेखि अहिलेसम्म भएका आन्तरिक खटन पटन, पारदर्शिता आदिलाइ नियाल्दा, उहाहरूले साझा र बिबेकशील जस्तो विश्वास जित्न सक्नु भएको छैन | 
 
अनि धेरैले उहाँको संघिय समाजवादी पार्टीसंगको उठबस र एकताको बिषयलाई पनि नकारात्मक टिका टिप्पणी गरेको देखिन्छ | उपेन्द्र यादव ज्यूको पार्टीलाई र उहालाई त नेपालीनै होइन जस्तो गरेर गरेको टिप्पणीहरू देख्दा आफैलाई लाज लाग्छ | मधेश, तराई जे भनौ त्यहाँका सम्पूर्ण दाजुभाई दिदिबहिनी पहिला नेपाली हुन्, उनीहरूको आवाज केवल आफ्ना राजनीतिमा  हक र अधिकारका लागि हो भन्ने कुरा हामी सबले निसर्त स्वीकार गर्नै पर्छ | राज्यका सबै ठाउँ र जनतामा समान बिकाश, समान श्रोत परिचालन, समान हक पुगेको छैन | त्यो हाम्रा बिगतका बजेट हेरेर सजिलै संग निर्क्योल गर्न सकिन्छ | यो बिषयमा तराई मात्र होइन कयौं पहाडका ठाउँ र जनता पनि पिडित छन् | 
 
साशन र सरकारको संरचनामा बिस्तारै मात्र समावेशी हुँदै छ | उपेन्द्र यादवलाई गलोज गर्नेले, उहाँ पररास्ट्र मन्त्रि हुँदा बोलेका र गरेका कामबाट हेर्नुस, त्यसबेला उहाले एक प्रादेशिक नेताको रुपमा भन्दा नेपाल देशको पररास्ट्र मन्त्रि जस्तो भएर काम गर्नु भएको छ |  त्यसैले कुनै व्यक्तिलाई सिधै आक्षेप लगाउने कुसंस्कृतिलाई बढावा दिने भन्दा कुनै पनि बिषयमा अलिकति गहिरिएर सोचेर टिप्पणी गर्नु पर्ने हुन्छ | बाँकि रह्यो कुरा बाबुराम भट्टराई ज्यू र उपेन्द्र यादव ज्यू हरूको एकीकरण को, त्यो एक सकारात्मक कुरा नै हो | बैकल्पिक शक्तिहरूले नेपालभरी प्रभाव पार्न सक्नु पर्छ | उहाँहरूले पनि बिबेकशील र साझा जस्तो पारदर्शिता र सक्षमताको पर्दर्शन गर्दै नेपाली जनताको मन जिन्त्न मेरो शुभकामना | मिलेसम्म त साझा र बिबेकशील संगै कार्यगत एकता गर्नुस वा पार्टीनै एकता गर्नुस, लाग्नुस् सम्बृद्ध नेपाल हाम्रै कालमा बनाउन |
 
अब बाँकि अन्य पार्टीहरूमा पनि कुरा राम्रा र नियत राम्रा भएका धेरै मानिसहरू हुनुहुन्छ | तर त्यतिले पुग्दैन, सक्षमता वा गरेर देखाउने खुबी अहिलेका पुराना पार्टी र नेताहरूमा नभएको २०४६ साल पछिको बहुदलपछि सत्ता र शक्तिको हालीमुहाली र फोहोरी खेलले प्रमाणित गरिसकेको छ | हेर्नुस त आजको दिनमा आइसक्दा पनि प्रचण्ड, देउबा, ओली, जस्ता नेताहरू ९ -१० महिनाको लागि सत्ताको समजदारी गर्छन | सत्तामा टिक्न आधा दर्जन उप्प्रधन्मत्री राख्न सम्म पछि पर्दैनन् | नेपालमा स्थायित्व होस् भनेर सोच्ने, साँच्चैनै जनताको सेवा गर्ने नियत भएकाले यस्तो राजनीति गर्दैनन् | जिम्मेवार प्रतिपक्ष भएर मिलेर देशको बिकाश गरौ भन्न सकिन्न? तैपनि म उहाँहरूले देशको राजनीतिक व्यवस्था परिवर्तन गर्न गर्नु भएको योगदानलाइ कम मान्दिन | तर अब देशको अवस्था परिवर्तन गर्ने बेला हो, त्यसको लागि उहाहरू असक्षम हुनुहुन्छ र बैकल्पिक शक्तिनै चाहिन्छ | 
 
पुराना पार्टी र नेताहरूले सत्ता र शक्तिकोलागि खेलेका फोहोरी खेल, सडकमा टायर बाल्ने राजनीति, सदनमा कुर्शीको तोडफोड, अरुलाई निषेध गर्ने पंचायतको जस्तो दाउपेच ( हेर्नुस त बिबेकशील, नया शक्तिलाइ चुनाब चिन्ह समेत नदिएको ) सबैले इंगित गर्ने कुरा एउटा छ - उनीहरूको नियत राम्रै भए पनि उनीहरूले बिगत २० बर्षमा देशलाई बिकाश र सम्वृद्धिको बाटोमा लग्न सकेनन्  र उनीहरू असक्षम छन् | सधै असक्षमले पालो पाउनु हुँदैन, बिबेकशील र साझा जस्तो सक्षमहरू राजनीतिक मैदानमा उत्रिसकेपछि त अब असक्षमले पालो पाउनै हुँदैन | यथाशिघ्र सक्षमहरूलाइ पालो दिनु पर्छ | हामीले यही कालमा नेपाल आमाको विकास हेर्ने धोको पुर्याउने हो भने अब बैकल्पिक शक्तिलाईनै सघाउनु पर्छ |
 
भर्खरै जन्मेका पार्टीहरूको वकालत गर्दै हिड्दा, कयौं साथीहरूले मलाई, 'नेपालमा केही हुन्न', 'नेपाली जनता भेडा छन्', यो 'काठमाडौँ '  'फेसबुक' 'ट्विटर' मा सिमित हुने पार्टी हो भनेर भन्छन | यी साथीहरू मध्ये कयौं त पुराना पार्टीहरूमा आबद्द अनि आफ्नो कयौं समय र श्रोत पुराना पार्टीमा खर्च गरेर आफ्नो पार्टीले नै केहि गरोस भन्ने सफा नियतले नै बेलेका छन् | कोही राजनीतिदेखि वाक्क छन् | कोहीले सकारात्मक सोच र आफू एकजनाको सहयोगले मात्र पार्ने फरकलाई कम आँकेका छन् | 
 
यहाँ बिबेकशील र साझा पार्टीले जित्ने नजित्ने भन्दा पनि सम्बृद्ध र बिकशित नेपालको लागि कसले र कसरी अगाडि बढ्छ भन्ने कुरा प्रमुख हो | पुरानै पार्टीहरू बदलिएर यिनै एजेन्डालाई सक्षमता देखाएर कार्वान्यन गरे पनि बिबेकशील र साझाको मात्र होइन नेपाल र नेपालीकै जीत हुन्छ | तर अहिलेसम्मको काम हेर्दा, रन्जु दर्शनाले चुनाब ताका भने जस्तो "अब स्मार्ट फोनको जमानामा ल्याण्ड लाइन फोनले चल्दैन", क्षमताशील बैकल्पिक शक्ति र व्यक्तिहरू नै चाहिन्छ, त्यसको मतलब उमेरमै रन्जु जस्तो युवानै हुनुपर्छ भनेको होइन, किशोर थापा जस्तो अनुभवी बूढापाकाको पनि सोच युवाजस्तो र क्षमता राम्रो हुन सक्छ  | साझा र बिबेकशीललाइ 'फेसबुक' 'ट्विटर'मा मात्र सिमित पार्टी भनेर बुझ्नु भएन, अहिलेको जमानामा प्राविधिक रुपमा परिष्कृत हुन पनि जरुरी छ, जमाना अनुसार, साझा र बिबेकशील पार्टीको व्यवस्थापन, संचार र पद्दति २१ शताब्दी सुहाउँदो पनि छ | अनि हामी हरेकले सकारात्मक भएर समर्थन र विश्वास गर्यौं भने बिबेकशील र साझाले नजित्ने कुरै आउँदैन |
 
मलाई लाग्छ साझा र बिबेकशीलको एकीकरणले नेपाली राजनीतिमा एउटा उत्साहप्रद तरङ्ग ल्याउने छ | यो तरङ्गमा अरु बैकल्पिक शक्तिहरू पनि मिसिदै जानु पर्छ |  यस्तै सकारात्मक घटना संगै हामी सबको राजनीतिक क्रियाकलाप अनि टिकाटिप्पणी पनि सुसंस्कृत हुँदै जानेछ भन्ने कुरामा म आशावादी छु |

BOOKSView All

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

अन्तर्मनको यात्रा

अन्तर्मनको यात्रा

लेखक : Jagdish Ghimire

मिती : 2012

hanger image top border

BOOKSView All

मुना मदन

मुना मदन

रचनकार : Laxmi Prasad Devkota

प्रकाशन: Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

रचनकार : Santosh Lamichhane

प्रकाशन: September, 2015