जिन्त्नु पर्छ बिबेकशील साझाका रबिन्द्र, उज्वल, सूर्यराजले र हार्नु पर्छ प्रचण्ड, ओली र देउबाले
feather icon प्रकाशन मिती: २०७४ कार्त्तिक २० गते

माओबादी जनयुद्धले नेपालमा थोरै सकारात्मक परिवर्तन ल्याएपनि त्यसले नेपाललाई धेरै पछाडी धकेल्यो, देश र जनतालाई ठूलो क्षति पुर्यायो । यदि माओबादी एमालेनै बन्नु थियो त यति महँगो गल्ति गर्न के जरूरी थियो ? लौ ठिकै छ अब त सबमा चेतना आयो होला भन्न पनि सकिने अवस्था छैन , अझै पनि "कम्युनिस्ट केन्द्र" भनेर नाम एउटा काम एउटा गर्ने, जनतालाई झ्युक्याउने खालको नाम राख्ने अनि नक्कली काम गर्ने प्रवृतिमै जोड छ । कम्तिमा सच्चा कम्युनिस्ट होइनौ हामी बरु "समाजबादी" हुन खोज्दैछु भनेर त जान सक्थ्यो बाम गठबन्धन । आशा छ काम अनुसार को नाम र इमान्दारीता देखाइने छ ।

प्रचण्डको नेतृत्वमा आजका दिनमा पनि कुनै मूल्य र मान्यताको आधारमा राजनीतिको अपेक्षा नगरे हुन्छ । उनले आफ्नो र आफ़्नाकालागि त साम दाम दण्ड भेद सब प्रयोग गर्छन नै । अब भरतपुरको मेयरको चुनाबलाई हेर्नुस, उनिले कस्तो रणनीति अपनाए । बुझ्न गार्हो छैन, युद्धकालिन कमान्डर जस्तै हार्न लागेमा उनीसंग प्लान बि थियो, मतपत्र च्यातेर चुनाब फेरी गराउने, त्यसपछि के के भयो अनि नतिजा उनको कसरी भयो त्यो सर्बबिधित छ । यहाँ कुरो रह्यो मूल्य र मान्यताको । देश र जनताको हानि गरेर आफ्नो स्वार्थको लागि अनैतिक काम गर्ने, हजारौंलाई दुख दिने, आफै चरित्रमा दृढ रहन नसक्ने नेताले देश र जनतालाई सहि बाटोमा लैजान्छ भनेर आश गर्नु बेकार छ ।

अब उहाँका समकालीन शिर्ष नेताहरूलाई हेरौ, के पी ओलीज्यू, सत्ता टिकाउन आधा दर्जन उपप्रधानमन्त्रि बनाउने, शेर बहादुर देउबाज्यू , एक दर्जन बिना विभागीय सहित ६४ जनाको मन्त्रिमण्डल बनाएर राज्यको ढुकुटी दोहन गर्ने ।अनि उहाहरू सबै ९ महिना तँ खा ९ महिना म खान्छु भनेर सत्ताको समजदारी गरेर देशलाई अस्थिर र खोक्रो बनाउने । पुलिस नियुक्ति देखि न्यायलयका व्यक्तिलाई आफू अनुकुल नियुक्ति अनि महाभियोग लगाउन पछि नपर्ने । के यस्तै "महान" नेताहरूले हामीलाई सम्वृद्धिको बाटामा लान सक्छन? अहँ सक्दैनन् ।

के छ त विकल्प ? बिबेकशील साझा पार्टी एउटा दह्रो विकल्प हो । पुराना असक्षमलाई सवक सिकाउन अनि नयालाई मौका दिन यो चुनाब एउटा राम्रो अवसर हो । रबिन्द्र मिश्र, उज्वल थापा, सूर्यराज आचार्य राजनीतिलाई पेशा बनाएर आएका होइनन् । हामी सक्षमले अब असक्षमलाई अवकास दिंदै हाम्रै कालमा नेपाललाई सम्वृद्धितर्फ लैजानु पर्छ भनेर हुँदाखादाको आफ्नो सफल पेशा छोडेर समाजसेवामा समर्पित हुन आएका उमेद्वार हुन् उनीहरू । सरसर्ती हेर्दा सबैले समाजसेवा र देशकै बिकास गर्छु भनेका तर भनाइ र गराईमा फरक परेको हामीले देख्दै आएका छौ । तर स्मरण रहोस बिबेकशील साझाको इतिहास, उदय कसरी भएको छ । कुनै राजनीतिक अभिष्ट भन्दा पनि सक्षम भैकन पनि राजनीतिमा असक्षमलाई छोडिरहदा देश र जनताले पाएको सास्ती, बदनामीलाई हटाउन एक स्वच्छ अभिप्रायले एकीकृत शक्ति हो बिबेकशील साझा ।

म आफै पनि देश सम्वृद्धिको बाटोमा गएको, सक्षमहरूले देशको बागडोर चलाएको, मेरै कालमा देशले प्रगतिको छलाङ्ग मारेको हेर्न चाहन्छु । म १५ बर्ष अघि अध्ययनको लागि अमेरिका आएँ । मैले इन्जीनीरिंग गरें, त्यसपछि नीतिनिर्माणमा स्नातक गरें । अहिले उर्जा सम्बन्धि नीति परामर्शकको काम गर्छु । बिगत २० बर्ष देखि नेपालको राजनीतिलाई नजिक बाट नियालेको छु । हरेक बिहान म अमेरिकाको समाचार मात्र होइन, नेपालको समाचार पनि हेर्छु । प्राकृतिक श्रोत, मानब श्रोत सब कुरा भएको हाम्रो देश कसरी यति पछि परेको छ ? किन म जस्ता युवा स्वदेश फर्कने बातावरण छैन ? किन पलायन हुनु पर्छ अनि बनाउन बाध्य छौ अर्कैको देश? हो, म एक अवसरबादी हुन सक्छु, अवसरलाई रोजेर स्वदेश छोडेर विदेशमा छु । तर म एक नेपाली, मेरै माटोले मलाई बनायो । मैले मेरो क्षमता र इमान्दारीले कमाएको छु, सकेको देशमा पठाएको पनि छु । बिदेशमा हुने हरेक नेपाली दाजुभाई दिदीबहिनी जस्तै मलाई मेरो देश प्यारो छ । मलाई मेरो देशमा राम्रा व्यक्तिहरू राजनीतिमा आउँन्, देशको राजनीति सफा होस् भन्ने लाग्छ ।

हो, मैले पठाएको नोट नेपालमा चल्छ तर म अझै नेपाली नागरिकनै भए पनि मैले भोट हाल्ने व्यवस्था छैन । तैपनि यो निर्वाचनमा सफा नियत र मूल्य र मान्यताका साथ राजनीतिमा आउने बिबेकशील साझाका साथीहरूलाई मेरो भरपुर सहोग र समर्थन छ । तपाईहरू सबलाई पनि मेरो अनुरोध छ, "तराजु" चिन्हमा पक्कै भोट हाल्नुस । "तराजु"मा नहालिने भोटले प्राय विकृत राजनीति गर्ने बाजे बराजूहरूकै हालीमुहालीको निरन्तरता हुने पक्का छ ।

BOOKSView All

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

अन्तर्मनको यात्रा

अन्तर्मनको यात्रा

लेखक : Jagdish Ghimire

मिती : 2012

hanger image top border

BOOKSView All

मुना मदन

मुना मदन

रचनकार : Laxmi Prasad Devkota

प्रकाशन: Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

रचनकार : Santosh Lamichhane

प्रकाशन: September, 2015