कांग्रेस र रबिन्द्र मिश्रको हार : बिबेकशील साझा कांग्रेस बन्ने अवसर
feather icon प्रकाशन मिती: २०७४ मंसिर २३ गते

देशभरी कांग्रेसका हेभीवेट हारिरहेको अवस्थामा काठमाडौँ क्षेत्र नं १ मा प्रकाशमान सिंहले रबिन्द्र मिश्रलाई हराउनु अनि बाम गठबन्धनको यत्ति थोरै मत आउनु संयोग मात्र होइन जस्तो लाग्छ मलाई, यो आश्चर्यजनक नै छ । त्यसमाथि प्रकाशमान सिंहज्यू सयुक्त राष्ट्र संघमा गएर नाकाबन्दी भएको छैन भन्नेमा पर्नु हुन्छ । फेरि रबिन्द्र मिश्र र साझा बिबेकशीलजस्तो पार्टी अहिले राष्ट्रिय पार्टी भएको भए ठुला दुई पार्टीकै लागि पछि खतरा हुने जगजाहेर नै थियो । अनि राष्ट्रिय पार्टी नहुने बित्तिकै चुनाब चिन्ह एउटै नदिने देखि अनेक थोक गरेर दबाइ राख्न पछि पनि सजिलो ।

राजनीतिमा आन्तरिक चलखेल हुन्छ नै । तर लगातार तेस्रो पटक जित्नु भएका प्रकाशमान सिंहलाई "बेनेफ़िट अफ डाउट" दिनुनै पर्छ । उहाँलाई बधाई । तर बिबेकशील साझा जस्तो पार्टी राष्ट्रिय पार्टी बन्न नसक्नु अहिलेको अवस्थामा सुसंस्कृत राजनीति र सम्बृद्ध नेपालको सपना देख्नेहरूको लागि ठूलो धक्का हो । तैपनि यो परिस्थितिले बिबेकशील साझालाई झनै सजग र मजबूत बनाउने छ । तर अरु सानालाई दबाउन ठूलाले आन्तरिक चलखेल गरेकै हो भने पनि एउटा कुरा त राम्रैसंग थाहा भयो होला, ठूला बाट साना पार्टी बनाउन जनताले धेरै बेर लगाउदैन, त्यो कुरा कांग्रेसले जति अरुले कसले बुझोस् । लोकतन्त्रकै वकालत गरेर चुनाबमा गएको कांग्रेसले चलखेल गरेन होला, अहिलेलाई मेरो विश्वास यहि भो । जसले जे भने पनि, कम्युनिष्ट भनेर नक्कली नाम राखे पनि, अहिले नेपालका प्रमुख दल कांग्रेसकै समाजबादी सिद्धान्तमा आएका छन्, फरक यत्ति छ कि कांग्रेस आफ्नै निकम्मा प्रवृति र नेतृत्वले गर्दा आफ्नै सिद्धान्तबाट निक्कै टाढा र छायामा परेको देखिन्छ ।

साँच्चै भन्ने हो भने अब कांग्रेश बिबेकशील बन्नु पर्छ र बिबेकशील साझाका साथीहरूले र कांग्रेसका राम्रा व्यक्तिहरूले बाम गठबन्धन विकल्प बन्नु पर्छ । जिम्मेवार प्रतिपक्ष बन्नु पर्छ । नयाँ शक्ति, बिबेकी कांग्रेस, बिबेकशील साझा जस्ता अग्रगामी शक्ति एक भएर मूल्य, मान्यता, सुसंस्कृत राजनीति सहितको सम्बृद्ध नेपाल बनाउने काममा लाग्नु पर्छ । बाम गठबन्धनले पनि स्थिर सरकार बनाएर गर्नु पर्ने त्यहि हो, तर हाल लाई सत्तापक्षलाई "चेक र ब्यालेन्स" गर्न अन्य अग्रगामी शक्तिहरू धुर्बिकृत हुनु राम्रो । अब पनि कांग्रेस सुध्रिएन भने, प्रजा परिषद झैँ बिलाउने छ । कांग्रेस बिबेकशील हुन, लगभग असम्भव जस्तो देखिन्छ । तर हुनुपर्ने त्यहि हो । यसको शुरुवात शेर बहादुर देउबा ज्यूको राजीनामा बाट सुरु हुनु पर्छ । आशा छ बाम गठबन्धनले जिम्मेवार र राम्रोसंग पाइला चाल्दै जाने छ, सबले नजिकबाट नियाल्नेछन अब ।

कांग्रेस र नयाँ शक्ति जस्ता पार्टीले बिबेकशील साझासंग एकतानै गर्न चाहि दुवै सबै पक्षबाट निक्कै परिमार्जन, साझा समानता र समझारी बनाउनु पर्छ । यो बिल्कुल चुनौतीपूर्ण छ तर असम्भव छैन । यो तर्कहीन पनि छैन । भनिन्छ कहिलेकाहीं केहि नयाँ बनाउन पहिला सब भत्किनु पर्छ । अहिलेको अवस्था कांग्रेस भत्केको, बिबेकशील साझा र नयाँ शक्ति भर्खर बन्ने प्रयासमा खासै सफल नभएको देखिन्छ । यसमा चुनौती छ, साथ साथै एउटा राम्रो अवसर पनि । साँच्चै एउटा दह्रो विकल्प बन्न यो राम्रो अवसर हुन सक्छ । यसकोलागी प्रमुख त पुराना र नयाँको एउटा राम्रो सम्जस्यता र संयोजन हुन जरूरी छ । अनि "आउट अफ द बक्स" सोच्ने र परिवर्तन गर्ने साहस ।

BOOKSView All

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

अन्तर्मनको यात्रा

अन्तर्मनको यात्रा

लेखक : Jagdish Ghimire

मिती : 2012

hanger image top border

BOOKSView All

मुना मदन

मुना मदन

रचनकार : Laxmi Prasad Devkota

प्रकाशन: Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

रचनकार : Santosh Lamichhane

प्रकाशन: September, 2015