यात्रा अझै बाकी हुँदै, भएन नि मेल
मैले हार्दा जित्ने तिमी, जिन्दगीको खेल
रेछ आँखा सम्पतिमा, मेरो भए जति
आफैतिर पार्नलाई, गरेउ ठूलो झेल
दूई छोरी मेरो जिम्मा, लगाउन लाई
पेली पेली बलुवाको, निकालेउ नि तेल
आफू हिडेउ क्षितिजपारि, वाहा फिजाएर
मलाई ठोकी जिन्दगीमा, हत्कडी र नेल
रचनकार : Santosh Lamichhane
प्रकाशन: November, 2018
बितरक : Samakalin Sahitya Pratisthan