राजधानी गीत
प्रकाशन मिती:
२०७७ पुस ११ गते
पहिलो -
हेटौंडामा हुनुपर्छ हुनैपर्छ त्याहाँ।
सबैभन्दा राम्रो ठाउँ अन्त खोज्नु काहाँ।
पूर्व पश्चिम उत्तर दक्षिण मार्ग बनिराछ।
टाढा छैन दुई दिनमै पुग्न सकिहाल्छ।
जन्ता जानुपर्ने हैन नेतामात्रै जान्छन।
यिनै नेता त्यहाँजान सारै गाह्रो मान्छन।
ह्वीप जारी गर्नुपर्छ अनि सबै मान्छन।
साम्सदहरु मानेपछी जन्ता सबै मान्छन।
दोस्रो -
प्रदेशको छेउपर्छ केन्द्र हुँदै होइन।
धेरैजसो जनताको पहुँच देखिंदैन।
जनतालाई सुबिधा कि अझ दुख दिने।
सङ्घियता यस्तै होत बलियोले लिने।
प्रजा सबै उत्तरमा दक्षिणमा राजा।
दर्शन गर्न जानुपर्ने बोकी सामल खाजा।
गणेश हिमाल नुम्बुर हिमाल वरिपरि घर्छ।
दक्षिणको सिमानामा केन्द्र मान्नुपर्छ ।
तेस्रो -(म)-
जनता जानु नपर्नेभा किनचाहियो राज।
कस्ताकस्ता अचम्मका कुरा सुन्छु आज।
राजधानी किनचाहियो अनित्यसो भए ।
नेतामात्रै त्यसठाउँमा जानुपर्ने भए।
जिल्लै पिच्छे एक एक मन्त्रालय बाँड्नु।
साम्सदले जिल्लैपिच्छे अधिबेशन डाक्नु।
होइन भने सकेसम्म केन्द्र पार्नुपर्छ ।
लोभ दम्भ अहंकार बन्द गर्नुपर्छ।