परदेश बाट परदेशी छोरो गर्दैछ नमन!
परदेशी भए कर ले आज, रहर ले नभन!!
छ कति माया नेपाल आमा देखाउन सक्दिन!
छातिमा तिम्रो दुश्मन को पाउ सहन सक्दिन!!
भूकम्प,पहिरो,अनिष्ट हुदा यो मन रुदछ!
मलहम पट्टी लगाउन यो तन प्रवास मा जुट्द छ!!
तिर्ने छु आमा एक चोटी पक्कै जन्म को त्यो रिन!
हसाउनेछु त्यो तिम्रो मुहार अवश्य एक दिन !!
चार जात अनि छत्तीस वर्ण फुलवारी राम्रो यो!
सखिया,देउडा,सोरठी टप्पा संस्कृति हाम्रो हो!!
मेचि र काली रगत मा मेरो निरंतर बगेको!
पुर्खा को रगत पसिना सिंचि देश यो बनेको!!
पराधीन हुदा छिमेकी सबै अटल रहेकी!
वीरतापूर्ण इतिहास रच्न सफल भएकी!!
विश्व को सिर सगरमाथा यै बाट भन्दै छ!
बुद्ध को सन्देश शान्ति र सद्भाव विश्व मा छर्दै छ!!
लेखक : Santosh Lamichhane
प्रकाशन: November, 2018
बितरक : Samakalin Sahitya Pratisthan